वैखरी अनलाईन, बाणगंगा ।
आज प्रथम जननिर्वाचित प्रधानमन्त्री विश्वेश्वरप्रसाद कोइराला (बीपी) को ४२औँ स्मृति दिवस, उनको योगदानको स्मरण गर्दै कपिलवस्तुसहित देशभर विभिन्न कार्यक्रम गरी मनाइँएको छ ।
नेपालमा प्रजातन्त्रको स्थापनाका लागि कठोर संघर्ष गरेका कोइरालाको विसं २०३९ साउन ६ गते निधन भएको थियो । उनले नेपाली साहित्यका क्षेत्रमा पनि महत्त्वपूर्ण योगदान पुर्याएका थिए । कोइरालाको जन्म १९७१ भदौ २४ गते भएको हो । विसं २०१५ को संसदीय निर्वाचनपछि २०१६ जेठमा उनी पहिलो निर्वाचित प्रधानमन्त्री बनेका थिए ।

बीपीको ४२औँ स्मृति दिवसका अवसरमा नेपाली कांग्रेस बाणगंगा कार्यसमितिले वृक्षरोपण कार्यक्रम गरेको छ । आईतबार बाणगंगा नगरपालिकाको चारनम्बर जीतपुरमा अवस्थित बुद्धरंगशालामा वृक्षरोपण कार्यक्रम गरिएको हो ।
रंगशाला वरिपरी विभिन्न प्रजातीका विरुवा रोपिएको छ । उक्त कार्यक्रममा नगर सभापति विष्णु थापासहित पाटी जिल्ला सदस्य रवि बहादुर काफ्ले, अन्जु अधिकारी, बाणगंगा नगरपालिका ११ का वडाध्यक्ष समेत रहेका वडा सभापति नरेन्द्र प्रसाद थारु, युवा नेता गणेश बहादुर क्षेत्री, चन्द्रकान्त पोख्रेल, पदम प्रताव सेन लगायतको उल्लेख्य सहभागिता रहेको थियो ।
सो अवसरमा कार्यक्रमका वक्ताहरुले प्रथम जननिर्वाचित प्रधानमन्त्री विश्वेश्वरप्रसाद कोइराला ९बीपी०को योगदानको चर्चा गर्दै स्मरण गरेका थिए । उनीहरुले प्रथम जननिर्वाचित प्रधानमन्त्री बनेका कोइरालाले नेपालमा राष्ट्रियता, प्रजातन्त्र र समाजवाद स्थापनाका लागि राजनीतिक नेतृत्व प्रदान गरेको बताएका थिए । प्रधानमन्त्रीत्वकालमा उनले बिर्ता उन्मूलन र ‘जग्गा जोत्नेको हुनुपर्छ’ भन्ने भूमिसुधार कार्यक्रम अगाडि बढाएको उनीहरुले स्मरण गरे ।
नेपाली साहित्यमा पनि विपीको अतुल्नीय योगदान गरेको उनीहरुले बताए ।
प्रजातान्त्रिक समाजवादका चिन्तक एवं प्रयोक्ता कोइरालाले स्वतन्त्र रूपमा चिन्तन, आयाम, परम्परा र शैली दिएर साहित्यका माध्यमबाट नेपाली वाङ्मयलाई शिखरमा पुर्याउन योगदान दिएको उनीहरुले स्मरण गरे ।








