गृहपृष्ठ Featured विमान दुर्घटनाको जाँचबुझ गर्न ५ सदस्यीय आयोग गठन : शाेकमा राष्ट्रिय झण्डा आधा झुकाइने

विमान दुर्घटनाको जाँचबुझ गर्न ५ सदस्यीय आयोग गठन : शाेकमा राष्ट्रिय झण्डा आधा झुकाइने

सरकारले बुधबार बिहान त्रिभुवन विमानस्थलमा साैर्य एयरकाे विमान दुर्घटनाबारे छानबिन गर्न जाँचबुझ आयोग गठन गरेको छ ।

मन्त्रिपरिषद्को आकस्मिक बैठकले रतिशचन्द्र लाल सुमनको नेतृत्वमा पाँच सदस्यीय आयोग गठन गरेको हो ।

समितिलाई ४५ दिनभित्र प्रतिवेदन बुझाउन समय दिइएकाे छ । मन्त्रिपरिषद बैठकले जहाज दुर्घटनाको शोकमा बिहीबार राष्ट्रिय झण्डा आधा झुकाउने निर्णय पनि गरेको सरकारका प्रवक्ता पृथ्वीसुब्बा गुरुङले जानकारी दिए ।

काठमाडौंबाट पोखराका लागि उडेको सौर्य एयरलाइन्सको विमान उडेलगत्तै दुर्घटना हुँदा १८ जनाको मृत्यु भएको थियो ।

विमानका पाइलट घाइते छन् ।

सम्बन्धित् समाचार