हेटौंडा ।
हेटौंडा उपमहानगरपालिका–५ लटिनाथका एक दम्पती आफ्नै घरमा मृत अवस्थामा फेला परेका छन् ।
हेटौंडा बजार नजिकै रहेको लटिनाथ चिसापानीका ६२ वर्षीय केशव भण्डारी र श्रीमती ५६ वर्षीया अम्बिका भण्डारी बुधबार मृत अवस्थामा फेला परेका हुन् ।
केशव पंखा झुन्ड्याउने फलामको हुकमा नाइलनको डोरीको पासो लगाइ झुन्डिएको अवस्थामा र अम्बिकाको घाँटीमा धारिलो हतियार प्रहारबाट हत्या गरिएको अवस्थामा प्रहरीले फेला पारेको थियो । स्थानीय एक महिलाले मृतक अम्बिकालाई मोबाइलमा फोन गर्दा नउठाएकाे र घर पुग्दा ढोका लगाएको देखेपछि प्रहरीलाई खबर गरेकी थिइन् ।
उनको खबरपश्चात प्रहरी पुगेर ढोका फोडेर हेर्दा केशव झुन्डिएको अवस्थामा र अम्बिका भुइँमा रगताम्मे अवस्थामा प्रहरीले फेला परेको थियो ।








