गृहपृष्ठ Featured लुम्बिनीमा विवादित व्यक्तिलाई मन्त्री बनाएको भन्दै कांग्रेसमै असन्तुष्टि

लुम्बिनीमा विवादित व्यक्तिलाई मन्त्री बनाएको भन्दै कांग्रेसमै असन्तुष्टि

रुपन्देही ।

सत्ता साझेदार नेपाली कांग्रेसबाट मन्त्री छनौटको विषयले विवाद बढ्दै गएपछि लुम्बिनी सरकारले पूर्णता पाउन सकेको छैन । मन्त्री बनेकाहरू पनि विनाविभागीयमै अल्झिएका छन् ।

एमाले र कांग्रेसले सरकार बनाउनुअघि पहिलो दिनमै मन्त्रिपरिषद् पूर्णता दिने र मन्त्रालय पनि तोक्ने सहमति गरेका थिए । ९ गते शपथको लागि तयारी अवस्थामा रहेका प्रमुख सचेतक जन्मजय तिमिल्सिनालाई पार्टीबाटै अवरोध भएपछि समस्या बढ्दै गएको हो ।
संस्थापन समूहमा रहेका तिमिल्सिनालाई इतर पक्षले रोकेर राजु खनाललाई पठाउन खोजेका थिए । पहिले संस्थापन समूहमा रहेका खनाल पछि इतर समूहमा लागेको भन्दै अहिले दुवै पक्षको अलमलमा परेका छन् ।

लुम्बिनी कांग्रेसको पार्टी कमिटीमा इतर पक्ष र संसदीय दलमा संस्थापनको बहुमत छ । यहाँ कांग्रेसका २७ सांसद छन् । कांग्रेसले पाउने ५ मन्त्रालयमध्ये इतर पक्षले २ वटालाई बटमलाइन बनाएको छ । तर, एकवटा मात्र दिने भनेपछि विवाद बढेको बताइन्छ । संस्थापनतर्फका २ मन्त्रीबारे इतर समूहले खुलेरै विरोध गरेको छ ।

प्रदेशमा मन्त्री छान्ने विषयमा प्रादेशिक कमिटीलाई बेवास्ता गरेको भन्दै सभापति अमरसिंह पुनले लिखित रूपमै आपत्ति जनाएका छन् ।

सम्बन्धित् समाचार