सागर वि.क., वैखरी अनलाईन ।
कपिलवस्तुमा एकै बर्षमा एक सय २५ जनाले आत्महत्या गरेको तथ्याङ्क सार्वजनिक भएको छ । जिल्लामा आर्थिक वर्ष २०८०/८१ मा मात्रै ८८ जना पुरुष र ३७ जना महिला गरि एक सय २५ जनाले आत्महत्या गरेका हुन् ।
आत्महत्या गर्ने यो संख्या आर्थिक वर्ष २०७९/८० को तुलनामा भने कम हो । आर्थिक वर्ष २०७९/८० मा ९६ जना पुरुष र ५१ जना महिला गरि १४७ जनाले आत्महत्या गरेका थिए । जबकी आर्थिक बर्ष २०७८/७९ मा १६८ जनाले आत्महत्या गरेका थिए । तथ्याङ्कमा उल्लेख गरिए अनुसार धेरै आत्महत्या गर्नेहरुले झुन्डीएर र विष सेवक गरेको देखिन्छ ।
सार्वजनिक तथ्याङ्क अनुसार आत्महत्या गर्नेमा पुरुषको संख्या महिलाको भन्दा दोब्बर रहेको छ देखिन्छ । तर पछिल्ला तीन बर्षमा कपिलवस्तुमा आत्महत्या गर्नेको संख्या क्रमश घट्दै गएको छ ।
यसरी क्रमिक रुपमा आत्महत्या गर्नेहरुको संख्या घट्नुलाई प्रहरीले सकारात्मक रुपमा लिएको छ ।
यस्तो छ तथ्याङ्क :









