वैखरी अनलाइन, बाणगंगा ।
कपिलवस्तु जिल्लाको बाणगंगा नगरपालिका चार नम्बर जितपुरका ब्यवसायी बेदराज नेपाली दम्पतिले आफनो जन्मदिन बालगृहमा मनाएका छन । कपिलवस्तुको तौलीहवा स्थित बालगृहका बालबालिकासगं ब्यवसायी बेदराज नेपाली र उहाँकी धर्मपत्नी बाटुला नेपालीले आफनो जन्मदिन मनाएका हुन ।
साउन १५ गते खिर खाने दिनका अवसरमा बालगृहका ३३ जना बालबालिकालाइ खिर खुवाएर दम्पति परिवारले आफनो जन्मदिन मनाएका हुन । नेपाली चार नम्बर जितपुर स्थित हिमाल काष्ठ उद्योग तथा सप्लार्यसका सञ्चालक समेत हुन ।
उद्योग ब्यापार सघं कपिलवस्तुका वस्तुगत उपाध्यक्ष समेत रहेका बेदराज नेपालीले बालगृहका बालबालिकासगं आफनो जन्मदिन मनाउन पाउँदा निकै खुशी लागेको बताए । सो अवसरमा उद्योग ब्यापार सघं कपिलवस्तुका अध्यक्ष खिमानन्द पौडेल(कपिल), युवा ब्यवसायीहरु शंकर क्षेत्री, रामु न्यौपाने, माधव भाट क्षेत्री लगायतको सहभागिता रहेको थियो ।








