वैखरी अनलाइन, बाणगंगा ।
कपिलवस्तु उद्योग बाणिज्य सघंले यहीँ साउन २० गतेबाट डे (१) र डे (२) फारम भरी कर तिर्न मिल्ने ब्यवसायीको लागी सेवा प्रदान गर्ने भएको छ । सघंले बाणगंगा नगरपालिका चार नम्बर जितपुर स्थित आफनै भवनबाट डे (१) डे (२) को फारम भरी कर तिर्न मिल्ने ब्यवसायीको लागी सो सेवा प्रदान गर्न लागेको हो ।
सघंले मगंलबार गरेको कर शिक्षा कार्यक्रममा बाल्दै सघंका अध्यक्ष गणेश बहादुर क्षेत्रीले साउन २० गतेबाट डे (१) डे (२) को सेवा प्रदान गर्ने घोषणा गरेका हुन । यसपछि यस क्षेत्रका ब्यवसायीलाई डे (१) डे (२) को फारम भरी कर तिर्नुपर्ने, करचुक्ता प्रमाण पत्र लिनुका साथै अन्तशुल्क लाग्ने वस्तुहरुको ब्यापार गर्ने ब्यवसायीका लागी अन्तशुल्क तिर्ने र नविकरण गर्ने जस्ता सेवा सघंको कार्यालयबाटनै प्रदान गरीने सघंका अध्यक्ष क्षेत्रीले बताए ।
यसका साथै लेखापरिक्षण गर्नुपर्ने ब्यवसायीहरुका लागी लेखा परिक्षण सम्बन्धी परामर्श दिने गरी कार्य सञ्चालन हुने सघंका महासचिव नवदत्त घिमिरेले जानकारी दिए ।
सघंका अध्यक्ष गणेश बहादुर क्षेत्रीले चुनावी मैदानमा आउदा आफनो घोषणा पत्रमानै यी सेवा सुविधा सघंको कार्यालयबाट दिने गरी काम गर्ने उल्लेख समेत गरेका थिए ।
यसरी सघंलेनै आफनो कार्यालयबाट यी महत्वपुर्ण सेवा प्रदान गर्ने भएपछि यस क्षेत्रका ब्यवसायीलाई राहात पुग्ने बिश्वास समेत ब्यवसायीले गरेका छन । सो सेवा शनिबारबाहेक हरेक दिन कार्यालय समयमा उपलब्ध गराइने सघंका महासचिव नवदत्त घिमिरेले बताए ।








