प्रधानमन्त्री केपी ओलीले आगामी भदौमा थाइल्याण्ड भ्रमणमा जाने भएका छन् । कांग्रेससँग मिलेर प्रधानमन्त्री भएयता उनको यो पहिलो भ्रमण हुने छ ।
आगामी सेप्टेम्बर ४ र ५ (भदौ १९ र २० गते) बैंककमा हुने बहुक्षेत्रीय प्राविधिक एवम् आर्थिक सहयोगका लागि बंगाल खाडीको प्रयास (बिम्स्टेक) शिखर सम्मेलनमा भाग लिन प्रधानमन्त्री ओली त्यसतर्फ जाने भएका हुन् ।
बिम्स्टेकमा नेपालसहित थाइल्याण्ड, भारत बंगलादेश, भुटान, श्रीलंका र म्यानमार सदस्य छन् ।
व्यापार, लगानी, उद्योग, प्रविधि, मानव संशाधन, पर्यटन, कृषि, पूर्वाधार र सम्पर्क सञ्जाल विस्तारका निम्ति सहायता परियोजना कार्यान्वयन गरी सदस्य मुलुकको द्रुत आर्थिक विकासमा सघाउने बिम्स्टेकको लक्ष्य हो । दक्षिण तथा दक्षिणपूर्वी एसियाली मुकहरूको उपक्षेत्रीय सङ्गठन (बिम्स्टेक) समानता र सहकार्यको मर्मलाई आत्मसात् गर्दै सदस्य मुलुकहरूको आर्थिक वृद्धि र सामाजिक समृद्धि संयुक्त रूपमा हासिल गर्ने उद्देश्यले स्थापना ६ जुन १९९७ मा स्थापना भएको हो ।








