काठमाडौं ।
केपी ओली नेतृत्वको मन्त्रिपरिषदले पूर्णता पाएसँगै दलित समुदायको पनि प्रतिनिधित्व भएको छ । नेपाली कांग्रेसकी समानुपातिक सांसद रुपा बिक राज्यमन्त्री बनेकी हुन् ।
रुपालाई वन तथा वातावरण राज्यमन्त्री बनाइएको छ ।
मन्त्रिपरिषद पूर्णं (२५ सदस्यीय) भएसँगै दलित सहभागीता भएको हो । फुलमन्त्री नभए पनि राज्यमन्त्रीका रुपमा रुपाले सरकारमा दलित वर्गको प्रतिनिधित्व गर्नेछिन् ।
को हुन् रुपा बिक ?
रुपा आफूलाई जन्मजात कांग्रेस बताउने गर्छिन् । उनका बुबा पूर्व-गाविस अध्यक्ष थिए । बीपी कोइरालाका पुस्तक र उनको विचारबाट प्रेरित भएर कांग्रेसप्रति रुझान बढेको उनको भनाइ छ । नेपाल विद्यार्थी संघबाट उनले सक्रिय राजनीति थालेकी हुन् ।
कांग्रेसको १२ औं र १३ औं महाधिवेशनमा उनी प्रतिनिधिको रुपमा सहभागी थिइन् । १३ औं महाधिवेशनमा केन्द्रीय सदस्यमा पराजित भइन् । १४ औं महाधिवेशनमा भने विजयी बनिन् । उनी शेरबहादुर देउवाको प्यानलबाट दलित कोटामा निर्वाचित भएकी हुन् ।
रुपालाई २०७९ साल मंसिरको निर्वाचनपछि कांग्रेसले समानुपातिक सूचीमा राखेको थियो । उनी दलित कोटामा समानुपातिक सांसद बनेकी थिइन् ।








