गृहपृष्ठ Featured कपिलवस्तुको सीमा क्षेत्रबाट कवाडी सामानको तस्करी !

कपिलवस्तुको सीमा क्षेत्रबाट कवाडी सामानको तस्करी !

कपिलवस्तु । 

कपिलवस्तुको शुद्धोधन गाउँपालिका क्षेत्रको नेपाल भारत सीमाबाट कवाडी सामानहरूको भारततर्फ तस्करी बढेको छ । कवाडी व्यवसायीहरूले पछिल्लो समय शुद्धोधन गाउँपालिका वडा नम्बर ५ को गनवरियामा कवाड सामग्रीहरू संकलन गरी राखेका छन् ।

कारोवारीहरूले सीमा क्षेत्रमा खटिएका नेपाल प्रहरी र सशस्त्र प्रहरीसँगको सेटिङ मिलाएर भारततर्फ निकासी गर्दै आएका छन् । शुद्धोधन गाउँपालिकाको गनवरिया गाउँनजिकै स्टक गरेको कवाड सामग्रीहरू ट्याक्टर, ठेला र मोटरसाइकलमा सीमा पार गरी भारतीय क्षेत्रसम्म पुर्‍याइने गरेको पाइएको छ।

काठमाडौं, पोखरा, नारायणगढलगायतका स्थानबाट ट्रकमा लोड गरेर यहाँ प्लाष्टिक र फलामजन्य कवाड वस्तुहरू ल्याइन्छ । यहाँ ल्याइएका कवाड सामग्रीहरूलाई बोरामा प्याक गरेर सीमा पार गर्न स्थानीय सर्वसाधारणलाई समेत मिलाइएको छ ।

नजिकै रहेको सशस्त्र प्रहरी बल नेपाल विओपी हथिहवा भने अवैध धन्दा  भइरहे पनि मौन देखिएको छ ।

सम्बन्धित् समाचार