गृहपृष्ठ Featured पेरिस ओलम्पिक : जोकोभिचले जिते स्वर्ण

पेरिस ओलम्पिक : जोकोभिचले जिते स्वर्ण

काठमाडौं ।

विश्व टेनिसका स्टार नोभाक जोकोभिचले पहिलो पटक ओलम्पिककोमा स्वर्ण पदक जितेका छन् ।

फ्रान्समा भइरहेको पेरिस ओलम्पिकमा जोकोभिचले आइतबार मेन्स सिंगल्सतर्फ स्पानिस युवा खेलाडी कार्लोस अल्काराजलाई सोझो सेटमा पराजित गर्दै स्वर्ण जितेका हुन् ।

जोकोभिचले दुवै सेट टाईब्रेकमा आफ्नो पक्षमा पारेका थिए । जोकोभिचले अल्कारजलाई ७-६ (७-३), ७-६ (७-२) ले पराजित गरेका हुन् ।

लामो समयदेखिको पर्खाईको रुपमा रहेको ओलम्पिकमा स्वर्ण पदक जितेपछि जोकोभिचले टेनिसमा करियरमा गोल्डेन स्लाम पूरा गरेका छन् ।

सम्बन्धित् समाचार