गृहपृष्ठ Featured बर्दियामा बाघको आक्रमणबाट एक जना गम्भीर घाइते

बर्दियामा बाघको आक्रमणबाट एक जना गम्भीर घाइते

बर्दिया ।  

बर्दिया निकुञ्जको मध्यवर्ती क्षेत्रमा पर्ने बारबर्दिया नगरपालिकामा बाघको आक्रमणबाट एक जना घाइते भएका छन् ।

कतर्निया सामुदायिक वनभित्र च्याउ खोज्न गएका बेला बाघको आक्रमणमा परि वडा नम्बर ९ को बैदी बनगाई गाउँका ३० वर्षिय चन्द्र बहादुर कसेरा गम्भीर घाइते हुनुभएको निकुञ्जका सुचना अधिकारी पुरुषोतम वाग्लेले जानकारी दिनुभयो ।

आँखामा गम्भीर घाउ भएर घाइते हुनुभएका उहाँलाई उपचारका लागि भेरी अस्पताल नेपालगन्ज लगिएको छ ।

बर्दिया राष्ट्रिय निकुञ्जका वरिष्ठ संरक्षण प्रमुख अशोक रामले निकुञ्ज, मध्यवर्ती सामुदायिक वन, राष्ट्रिय वन तथा खाता जैविक मार्ग आसपासका सामुदायिक वनमा च्याउ खोज्न र घाँस–दाउरा लिन नजान अनुरोध गर्नुभएको छ ।

 

सम्बन्धित् समाचार