गृहपृष्ठ Featured रुपन्देहीमा संघीय निजामती ऐनको माग गर्दै बृहत हस्ताक्षर अभियान

रुपन्देहीमा संघीय निजामती ऐनको माग गर्दै बृहत हस्ताक्षर अभियान

रूपन्देही ।

कर्मचारीमैत्री संघीय निजामती सेवा ऐन तत्काल जारी गर्न माग गर्दै नेपाल निजामती कर्मचारी संगठन रुपन्देहीले शुक्रबारदेखि बृहत हस्ताक्षर अभियान सुरु गरेको छ । लामो समयसम्म ऐन ल्याउन नसक्दा निजामती सेवा अस्तव्यस्त भएको भन्दै जतिसक्दो छिटो ऐन ल्याउनुपर्ने माग रुपन्देही संगठनले गरेको हो ।

संगठन रुपन्देहीका अध्यक्ष प्रेम प्रसाद खनालले हस्ताक्षर अभियान सुरु गरेको अवसरमा सरकारले सङ्घीय निजामती सेवा ऐन तत्काल जारी गर्नुपर्ने धारणा राख्दै कर्मचारीको सेवासुविधा कटौती गर्न नहुने र संघीय निजामती सेवा ऐन कर्मचारीमैत्री हुनुपर्ने भन्दै रुपन्देहीबाट संघीय निजामती सेवा ऐन जारी गराउन पहल स्वरुप हस्ताक्षर अभियान शुरु गरिएको बताए ।

उनले सम्पूर्ण राष्ट्रसेवक कर्मचारीहरुलाई हस्ताक्षर अभियानमा सहयोग गर्न आव्हानसमेत गरेका थिए ।

संगठनका लुम्विनी प्रदेश ईन्चार्ज दधिराम मरासिनीले विगत १० वर्षदेखि सङ्घीय निजामती सेवा ऐनविहीन अवस्थामा मुलुकको संघ, प्रदेश र स्थानीय संरचना क्रियाशील रहेकाले जतिसक्दो छिटो ऐन ल्याउनुपर्ने माग गरेका थिए।
आम राष्ट्रसेवक कर्मचारीले अघि सारेका मुद्दासहित सङ्घीय निजामती सेवा ऐन जारी गर्नुपर्ने उनको भनाइ छ ।

सम्बन्धित् समाचार