वैखरी अनलाईन, बुद्धभूमि ।
कपिलवस्तुको बुद्धभूमि नगरपालिका- ४ का बेपत्ता ३ जना बालक फेला परेका छन् । खोजी गर्ने क्रममा उनीहरु बुटवलको कालीकानगरमा सकुशल फेला परेको बुद्धभूमि नगरपालिका वडा नं.४ का वडाध्यक्ष सुसिल कुमार चौधरीले वैखरीलाई जानकारी दिए ।
शुक्रबार १२ बजेबाट कुमाल टोलका प्रकाश कुमाल र बुढ्डी थारुगाउँका प्रिन्स थारु र राम वृक्ष थारु हराएका थिए । उनीहरु तीन जना १५ बर्षका हुन् ।
मोवाईलको लोकेशन पत्ता लगाउँदै जादाँ उनीहरु आईतबार करिब १२ बजे सकुशल भेटाइएको वडाध्यक्ष चौधरीले जानकारी दिए । उनीहरु हराएसंगै उनका आफन्तहरुले खोजी कार्यलाई तीब्र बनाएका थिए । फलस्वरुप ३ दिनपछि उनीहरु भेटिएका हुन् ।
वडाध्यक्ष चौधरीले फेला परेपछि एक जनालाई भेटेर के कसरी हराएको हो भन्ने बुझ्न खोज्दाँ ति बालकले खुलेर कुरा नगरेको बताए । वडाध्यक्ष चौधरीका अनुसार उनीहरुले आफुहरु घुम्न गएको बताएका थिए ।








