वैखरी अनलाइन , बुद्धभुमी ।
कपिलवस्तु जिल्लाको बुद्धभुमी नगरपालिका वडा नः ५ मा रहेको गौतम बुद्ध सामुदायिक बनका अध्यक्षले कमिशनका खेलमा मनपरि गरेको पाइएको छ । बनका हरेक गतिविधिमा कमिशन माग गरेपछि अध्यक्ष सुर्य बहादुर मल्लले मनपरि गरेको पाइएको हो।
उनले बनको कार्यालय नआउदा समेत हाजिर गरेर भत्ता लिने गरेको सो बनका एकपुर्व अध्यक्षले वैखरी अनलाइनलाई बताए । “मेरो पार्टीका वडा अध्यक्ष थापाले लुटे, मैले जाबो बनमा महिनाको दश पन्ध्र दिन नआई हाजिरि गर्न के हुन्छ ” बनका एक पदाधिकारीले बताए ।
बनको अध्यक्ष हो, के गर्नु एकै दिन आएर १३ दिन सम्मकोे भत्ता लिन कागज मिलाई भत्ता बुझेको मैले देखेको छु , के भन्ने के गर्ने , बनकै एक पदाधिकारीको भनाइ छ ।
यस बिषयमा बुद्धभुमी वडा नः ५ का अध्यक्ष रोम थापालाई प्रश्न गर्दा बनले आफु र वडासगं कुनै सम्वन्य नगरेको बताउदैँ यस बिषयमा आफुलाई कुनै जानकारी नभएको बताएका छन । बनले हालसम्म कुनै सहकार्य नगरेको बताउदै साधारण सभा , कार्यक्रम, अधिवेशन बाहेक आफुलाई बनका गतिविधि बारे जानकारी नभएको बताए । वडाभित्रका बन, सघं सस्थासगं, बिद्यालय तथा सबै सरकारी तथा गैर सरकारी निकायसगं सहकार्य र सम्वन्य गरेर अगाडी जाने भन्ने आफनो योजना भएको भएतापनि बनले वडासगं सहकार्य नगर्दा आफुलाई दुख लाग्ने गरेको वडाध्यक्ष थापाको भनाई छ ।
१)बनमा अध्यक्ष मल्लको मनपरि ।
उनले गत आर्थिक बर्ष भएको बनको काठ कटानमा प्रतिस्पर्धा नगराई सेटिङ्कमा मिलाएर आफै कमाएको पाइएको छ । कटानका हकमा उनले प्रतिस्पर्धा नगराई सुचना लुकाएर २ लाख लाख २५ हजार रुपैया नगद कमिशन लिएको स्रोतको दावि रहेको छ ।
२) घर बसी एकै दिनमा महिनादिनको हाजिरि ।
बनका अध्यक्ष्य मल्लले घरमै बसेर सामुदायिक बन कार्यालयमा गएको भन्दै हाजिरि गरी भत्ता समेत लिएको पाइएको छ । बनकै पदाधिकारीका अनुसार “अध्यक्षले बनलाई समय त दिनुहुन्न तर जुन दिन आउनु हुन्छ , त्यो दिन एकै पटक १२÷१५ दिनको हाजिरि एकै पटक गरेर जानुहुन्छ । अरुले थाहा पाए भने के हुन्छ भन्दा “नेताले देश लुटे हामीले एक दुई लाख पाउदा केही हुदैन ” बनका एक पदाधिकारीले नाम नखुलाउने शर्तमा वैखरीलाई बताए ।
३) सेटिङ्ग मिलाएर काम
सामुदायिक बनका एक पदाधिकारीका अनुसार अध्यक्ष मल्लले हरेक काममा सेटिङ्ग मिलाएर काम गर्ने गरेको बताउदै उनलाई साथ नदिने बताए । जसले पैसा दिन्छ उसैलाई बहाना बनाउदै कार्यक्रम दिन्छन , अहिले अध्यक्ष भई हाले अर्को पाली बिचार गर्नुपर्ने उपभोक्ता बताउछन ।
बनमा राम्रै आम्दानी छ , बिकासका काममा लगाए हुने हो तर अध्यक्षले कहाबाट कमिशन आउछ त्यही काम गर्ने गरेको उपभोक्ता राम लौटन तिवारीले बताए । ब्यक्तिगत रुपमा गरेका खर्च बनको काममा खर्च भएको हो भन्दै पेश गरी भुक्तानी लिने गरेको उनको भनाई छ । बनका कर्मचारीलाई मिलाउनुपर्छ भनेर गत आर्थिक बर्षमा ८० हजार बढि खर्च देखाई आफुले गोजामा राखेको समेत उनले आरोप लगाए ।








