गृहपृष्ठ Featured दाङमा सर्पको डस्दा छोरीको मृत्यु, आमाको अवस्था गम्भीर

दाङमा सर्पको डस्दा छोरीको मृत्यु, आमाको अवस्था गम्भीर

घोराही ।

सर्पले डस्दा घोराही उपमहानगरपालिका-६ गुरुवागाउँमा एक बालिकाको मृत्यु भएको छ । एक जनाको अवस्था गम्भीर छ ।

गए राति सर्पले डस्दा ६ वर्षीया इन्दु चौधरीको मृत्यु भएको प्रहरीले जनाएको छ । उनी आमा आश्माको अवस्था गम्भीर रहेको दाङका प्रहरी प्रवक्ता रामप्रसाद तिमिल्सिनाले बताए ।

सर्प डस्नेबित्तिकै अस्पताल लैजानुको सट्टा झारफुकमा लाग्दा बालिकाको मृत्यु भएको उनले बताए । गम्भीर घाइते २५ वर्षीया आश्माको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार भइरहेको छ ।

सम्बन्धित् समाचार