गृहपृष्ठ Featured कपिलवस्तुमा सुतेको बेला दिदीभाईलाई सर्पले डस्यो, भाईको अवस्था गम्भिर, दिदी खतरामुक्त

कपिलवस्तुमा सुतेको बेला दिदीभाईलाई सर्पले डस्यो, भाईको अवस्था गम्भिर, दिदी खतरामुक्त

कपिलवस्तु नगरपालिका- १ जमुहरा टोलमा फेरि दिदीभाईलाई विषालु सर्पले डसेको छ। सर्पको डसाईबाट भाईको अवस्था चिन्ताजनक रहेको बताइएको छ।

मंगलवार राति राकेश गुप्ताका ११ वर्षिय छोरा अनमोल गुप्ता र १५ वर्षिया छोरी अस्मितालाई सर्पले डसेको हो। अनमोलको अवस्था चिन्ताजनक रहेको र उनको प्रादेशिक अस्पताल बुटवलमा उपचार भईरहेको दिदी प्रियाले बताईन्।

बहिनी अस्मिताको अवस्था भने खतरामुक्त रहेको पनि उनले जानकारी दिइन्।

२ दिदी बहिनी र एक भाई राति खाटमासँगै सुतेको बेला भाई र बहिनीलाई सर्पले डसेको उनले बताइन्।

सर्पले डसेको बारे थाहा नभएको तर, राति २ बजे भाई बहिनीले वान्ता गर्न थालेको र रिगंटा समेत लागे पछि कपिलवस्तु अस्पताल लगिएको थियो। त्यहाँबाट गोरुसिंगेस्थित सर्पदंश उपचार केन्द्रमा उपचारका लागि लगिएको थियो। त्यहाँ पनि उपचार सम्भव नभएपछि थप उपचारका लागि प्रादेशिक अस्पताल बुटवल लगिएको हो।

सम्बन्धित् समाचार