गृहपृष्ठ Featured गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल : पूर्ण सञ्चालनका लागि सरकारको अर्को पहल

गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल : पूर्ण सञ्चालनका लागि सरकारको अर्को पहल

रुपन्देही ।

रुपन्देहीको भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट नियमित अन्तर्राष्ट्रिय उडानका लागि विमान कम्पनीले प्रशस्त विजनेस नपाएको बहानाबाजी गरिरहेको बेला सरकारले वैदेशिक रोजगारसँग सम्बन्धित सबै सेवा बिस्तार गर्ने निर्णय गरेको छ ।

मन्त्रिपरिषदको बैठकबाट नै गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल तथा पोखरा अन्तर्राष्ट्रिय विमानस्थललाई चलायमान गराउन वैदेशिक रोजगारसँग सम्बन्धित सबै सेवा बिस्तार गर्ने निर्णय भएको हो ।

पश्चिम क्षेत्रको केन्द्रको रूपमा रहेको यो विमानस्थलको प्रयोग गरेर वैदेशिक रोजगारीमा जानेहरूको संख्या निकै धेरै रहेकाले पनि सरकारले त्यसैलाई आधार मानेर यो निर्णय गरेको आंकलन गरिएको छ ।

वैदेशिक रोजगारीमा जाने व्यक्तिलाई आवश्यक पर्ने सबै सेवा सुविधा सम्बन्धित विमानस्थलको पायक पर्ने स्थान र कार्यालयबाट उपलब्ध गराउने निर्णयले विमानस्थल चलायमान हुने अपेक्षा गरिएको यहाँका पर्यटन व्यवसायी तथा स्थानीयको छ ।

वैदेशिक रोजगारीमा जान चाहने व्यक्तिले स्वास्थ्य परीक्षण, पूर्वप्रस्थान अभिमुखीकरण तालिम, बीमा, श्रम स्वीकृति र भिसासँग सम्बन्धित कामका लागि काठमाडौं धाउनुपर्ने अवस्था अन्त्य गर्दै भैरहवा र पोखराबाट समेत सेवा लिन सकिने गरी निर्णय भएको हो ।

सम्बन्धित् समाचार