गृहपृष्ठ Featured कक्षा १२ : ३३ हजार विद्यार्थीले दिए रिटोटलिङका लागि आवेदन

कक्षा १२ : ३३ हजार विद्यार्थीले दिए रिटोटलिङका लागि आवेदन

कक्षा १२ को नतिजामा राष्ट्रिय परीक्षा बोर्डले त्रुटि गरेको भन्दै ३३ हजार विद्यार्थीले उत्तरपुस्तिका रिटोटलिङ (पुनर्याेग) गर्न निवेदन दिएका छन् । बोर्डकै कारण आफूहरूको नतिजामा एनजी आएको दाबीसहित विद्यार्थीले अनलाइनमार्फत निवेदन दिएका हुन् ।

गत वर्ष कक्षा १२ को परीक्षापछि रिटोटलिङका लागि १५ हजारले मात्रै आवेदन दिएकोमा यसपटक भने दोब्बरको संख्यामा आवेदन परेको हो । बोर्डका कक्षा ११ र १२ कन्ट्रोलर कृष्ण शर्माका अनुसार २ भदौसम्म विद्यार्थीले रिटोटलिङका लागि आवेदन दिन सक्नेछन् ।

सो अवधिसम्म दश हजार आवेदन थप हुने अनुमान गरिएको छ ।

सम्बन्धित् समाचार