गृहपृष्ठ Featured लुम्बिनीमा पुस्तक ‘आनन्द संहिता’ विमोचन

लुम्बिनीमा पुस्तक ‘आनन्द संहिता’ विमोचन

रुपन्देही ।

लेखक तथा पत्रकार घनश्याम खड्काको गैरआख्यान कृति ‘आनन्द संहिता’ को बुद्धजन्मस्थल लुम्बिनीमा विमोचन गरिएको छ । बुद्ध दर्शन र आनन्द प्राप्तीको मार्ग देखाउने उदेश्यले लेखिएको पुस्तकलाई बौद्ध धर्मगुरु श्याल्पा तेजिङ रिन्पोंछेले विमोचन गरेका हुन् ।

बौद्ध गुरु श्याल्पा रिपोंछेसँगै प्रतिनिधिसभा सदस्य सन्तोष परियार, लुम्बिनी बौद्ध विश्व विद्यालयका रजिष्टार डा. तिलक आचार्य, लेखक घनश्याम खड्का, प्रकाशक बिमल खड्का र नेटुवा किशोरी ज्योति नेटुवा सरिक थिए । उत्प्ररेणादायी पुस्तक ‘आनन्द संहिता’ अल्केमी पब्लिकेशन्सद्धारा प्रकाशन गरिएको हो । पुस्तकमा आनन्दपूर्ण जीवनको अनुवोध कसरी गर्न सकिन्छ भन्नेमा केन्द्रित छ ।

मानिसले जीवनमा सबै काम आनन्द पाइएलाकी भनेर गरे पनि अन्ततः दुःखले अत्याउने गरी किन घेरिन्छ त्यस अवस्थाबाट मुक्त कसरी हुने भन्ने बारे पुस्तकमा विवेचना गरिएको छ ।

सम्बन्धित् समाचार