कपिलवस्तुको तौलिहवा स्थित बालगृहमा सामूहिक रक्षा बन्धन मनाइएको छ। सो अवसरमा बालगृहका ३२ बेसाहरा बालकहरूलाई २ दिदीहरूले राखी बाँधिदिएका थिए।
यही बालगृहमा बसेर आफ्नो बाल्यकाल बिताएकी हाल प्युठान बस्दै आएकी टीका पुन मगर र बालगृहकी कर्मचारी कविता थारुले उनीहरूलाई राखी बाँधेर आसिस दिएका थिए ।
सो अवसरमा बालकहरूलाई टीका लगाएर प्रसाद समेत वितरण गरिएको थियो । बालगृहका भाइहरूलाई रक्षा बन्धनको अवसरमा राखी बाँध्न पाएकोमा खुसी लागेको दुवैले बताए ।








