गृहपृष्ठ Featured अविरल बर्षा : बाणगंगामा डुबानले करोडौंको क्षति भएको अनुमान

अविरल बर्षा : बाणगंगामा डुबानले करोडौंको क्षति भएको अनुमान

वैखरी अनलाईन, बाणगंगा ।

मंगलबार बिहानैदेखि परेको अविरल वर्षाका कारण कपिलवस्तुको बाणगंगाका नगरपालिकाको अधिकांश क्षेत्र डुबानमा परेको छ। जुसले यस क्षेत्रका स्थानीयमा क्रासको वातावरण सिर्जना गरेको छ । उनीहरुको कोठामा पानी पसेको छ भने अन्य क्षेत्र पनि जलमग्न छ ।

यस क्षेत्रका करिब २ सय बढी घर डुवानमा परेको बताईएको छ ।

बिहानैदेखि परेको भीषण वर्षाले बाणगंगाको मुख्य बजार क्षेत्र चारनम्बर, बैरिया, पिपरा, बोर्डगाउँ कोइली वनगाईका विभिन्न स्थान डुबानमा परेका छन् । डुबानले मुख्यगरी अन्डरग्राउन्ड गोदाम गरिएका व्यवसायीलाई ठूलो क्षति पुगेको छ।

बजार क्षेत्रका पसल तथा गोदाम डुबानका कारण करोडौँको क्षति भएको अनुमान गरिएको छ।

जिल्लाको बाणगंगा र कोइली खोलाले जोखिम तह पार गरेकाले सतर्कता अपनाउन आग्रह गरिएको छ। जिल्लाका बुद्धभूमि, शिवराज, तौलिहवा, कृष्णनगरलगायतका क्षेत्रसमेत डुबानमा परेका छन्।

 

सम्बन्धित् समाचार