रुपन्देही ।
नेपाल चेम्बर अफ कमर्श लुम्बिनी प्रदेशको अध्यक्षमा टंकप्रसाद पोखरेल निर्वाचित भएका छन् ।
त्यस्तै महासचिवमा शिव ज्ञवाली, कोषाध्यक्षमा खिमबहादुर खत्री, सचिवमा अजय न्यौपाने निर्वाचित भए । सद्स्यहरुमा युवराज न्यौपाने, जयप्रकाश गुप्ता, कमला पराजुली मञ्जु, सुकदेव बेल्बासे, तेजबहादुर बुढा, नुरुद्दिन शाह, मञ्जु भुसाल, यज्ञश्वर श्रेष्ठ, शिल्पा उप्रेती, अशोक श्रेष्ठ, गणेशप्रसाद पोख्रेल, कोषबहादुर गुरुङ र शंकर गौतम निर्वाचित भए ।
राष्ट्रिय योजना आयोगका सदस्य प्रकाशकुमार श्रेष्ठले व्यवसायीहरुले अब व्यापारको ट्रेन्ड बदल्नुपर्ने बेला आएको बताए । अबको व्यापार परम्परागत ढंगबाट चल्न नसक्ने भन्दै उनले व्यापारको ट्रेन्ड नबदल्ने हो भने अझै धेरै सटर बन्द हुने बताए ।








