पाल्पा ।
शनिबार अपराह्न सुख्खा पहिरो खसेर अवरुद्ध भएको सिद्धार्थ राजमार्ग एकतर्फी खुलेको छ । पाल्पाको तिनाउ गाउँपालिका–३, माथिल्लो सिद्धबाबा नजिकै खसेको सुख्खा पहिरोले सिद्धार्थ राजमार्गको पाल्पा–बुटवल सडक अवरुद्ध भएपछि सयौं सवारी साधनका साथै यात्रु अलपत्र परेका थिए ।
राजमार्गमा खसेको पहिरो पन्छाएर सडक एकतर्फी सञ्चालन भएपछि अलपत्र सयौं यात्रु गन्तव्यतर्फ लागेको स्थानीय विष्णुप्रसाद पाण्डेयले बताए । ठुल्ठूला ढुंगासहित खसेको पहिरोले सडक अवरुद्ध भएपछि सिद्धबाबा सुरुङमार्ग आयोजनाअन्तर्गत चार वटा हेभी मेसिनले पहिरो पन्छाउने प्रयास गरेर सडक एकतर्फी खुलेको तिनाउ गाउँपालिका अध्यक्ष प्रेम श्रेष्ठले जानकारी दिए ।








