वैखरी अनलाईन, कपिलवस्तु ।
रुपन्देहीको कन्चन गाउँपालिका– ४ थकालिचोकमा अवस्थित हिमालयन बैंकको सहायक कम्पनी हिमालयन लघुवित्त वित्तीय संस्था लि. शाखा कार्यालयले मृतकका परिवारलाई बिमा रकमको चेक हस्तान्तरण गरेको छ । मंगलबार एक कार्यक्रमकाबिच संस्थाले मृतककै घरमा पुगेर बिमा बापतको रकम हस्तान्तरण गरेको देवदह अनुगमन कार्यालयका अनुगमन अधिकृत कमलराज पाण्डेले जानकारी दिनुभयो ।
सो बिमा रकमको चेक संस्थाका शाखा प्रमुख खेमानन्द तिवारी र गैडहवा गाउँपालिका–१ का वडाध्यक्ष प्रदिप कुमार चौधरीले हस्तान्तरण गरेका हुन् । अनुगमन अधिकृत कमलराज पाण्डेका अनुसार संस्थाका सदस्य केन्द्र नं. ६७ समूह न २ मा आबद्ध स्व. ज्ञानमति थारुको चट्टान लाग्दाँ मृत्यु भएपछि पाउनुपर्ने १० लाख २५ हजार रूपैयाँ बराबरको बीमा रकम उनका श्रीमान अमिरिका थारुलाई तिर्न बाँकी साँवा ब्याज १ लाख ७१ हजार ७८८ रुपैयाँ कट्टा गरि ८ लाख ५३ हजार २१२ रुपैयाँको चेक हस्तान्तरण गरिएको हो । मृतकले रु ५ लाख धितो कर्जाको लागि रु.२ हजार ९७० बिमा शुल्क तिरेकी थिईन् ।

उक्त कार्यक्रमलाई सम्बोधन गर्दै वडाध्यक्ष प्रदिप कुमार चौधरीले बिमा हरेक मानिसले गर्न आवश्यक रहेको बताउँदै यसले दुःखमा ठूलो राहत पुग्ने बताए । कर्जाको सदैव सही सदुपयोग गर्न आग्रह गर्दै वडाध्यक्ष चौधरीले अन्यथा कर्जाको दुरुपयोगले निकट भाविष्यमै ठूलो संकट निम्ताउने बताए ।
कर्जाको जुन प्रयोजनले लिएको हो त्यसैमा मात्र लगानी गर्दा त्यसले सकारात्मक परिणाम देखाउने उनको भनाई छ । कर्जा बापतको रकमले गाडी, साडी निन्ने प्रवृतिले आर्थिक संटक उत्पन्न हुने उनले बताए । उनले यस संस्थाले बिमाको महत्वलाई जनस्तरमा अझै फैलाउन आवश्यक रहेको बताउँदै हालसम्म संस्थाले उत्कृष्ट काम गरेको भन्दै प्रशंसा गरे ।
संस्थाका शाखा प्रमुख खेमानन्द तिवारिले नेपालमा लघुबित्तको उत्पति, कालो सुचि, चेक बाउन्स लगायत बचत र कर्जाको बारेमा प्रकाश पारेका थिए । उनले यस संस्थामा आबद्ध हुन चाहनेले के कस्तो सेवा सुबिधा पाउने तथा कसरी आबद्ध हुने भन्न्ने बारे प्रष्ट पारेका थिए ।
उक्त बीमा रकम हस्तान्तरण कार्यक्रममा वडाध्यक्ष प्रदिप कुमार चौधरी, संस्थाका शाखा प्रमुख खेमानन्द तिवारी, कर्मचारीहरू रिमा चौधरी , बिजय चौधरी थारु, बिरेन्द्र यादव तथा उक्त गाउँका करिब २० जना सदस्यको उपस्थिति रहेको थियोे ।








