गृहपृष्ठ Featured खोलामा पौडी खेल्दाँ खेल्दै एक्कासी आएको बाढीले बाणगंगाका दुई युवकको मृत्यु

खोलामा पौडी खेल्दाँ खेल्दै एक्कासी आएको बाढीले बाणगंगाका दुई युवकको मृत्यु

अर्घाखाँचीको शितगंगा नगरपालिका- १४ स्थित छहरे खोलामा पौडी खेल्ने क्रममा आएको बाढीले दुई युवकको मृत्यु भएको छ । मंगरबार दिउँसो कपिलवस्तुको बाणगंगा नगरपालिका २ राजपुरका २३ वर्षीय उमेश पौडेल र बाणगंगा नगरपालिका ८ बोडगाउँका २२ वर्षीय किशोर रास्कोटीको बढीमा परेर मृत्यु भएको हो ।

खोलामा खेल्दै गर्दा एक्कासी आएको बाढीले उनीहरुलाई बगाएको स्थानीयले बताएका छन् ।

स्थानीयका अनुसार पौडिन नसक्दा उमेश र किशोरको घटनास्थलमै मृत्यु भएको हो भने बाँकी दुई साथीहरु पौडिएर ज्यान बचाउन सफल भएका छन् ।

घटनापछि स्थानीय र सुरक्षाकर्मीहरुले खोजी अभियान चलाएका थिए। घटनाको जानकारी पाएपछि स्थानीय बासिन्दा र प्रहरीले खोजी कार्य तर शकुसल भेटाउन सकेन केहि पर उनिहरुको शव फेला परेको थियो ।

किशोर रास्कोटीको शव हडाह कुलाको बाध र उमेश पौडेलको शव ढाव कुलाको बाधमा भेटिएको हो ।

सम्बन्धित् समाचार