गृहपृष्ठ Featured ५ वटा मोटरसाइकलको नम्बर एउटै !

५ वटा मोटरसाइकलको नम्बर एउटै !

काठमाडौं ।

मोटरसाइकल चोरी गर्नेहरुले अर्कै नम्बर नम्बर राखेर चलाउने गरेको नयाँ होइन । तर मोटरसाइकल चोरीमा संलग्न एक व्यक्तिले आफ्नो सवारीको नम्बरलाई अरु चार वटा चोरीको बाइकमा प्रयोग गरेको खुलेको छ । मोटरसाइकल चोरीमा संलग्न दुई जना पक्राउ परेका छन्

ट्राफिक प्रहरीले से ७ प ८५६२ नम्बरको बुलेट बाइक चलाइरहेका अछामका २८ वर्षीय हिमाल खत्रीलाई बिहीबार मध्य बानेश्वरबाट नियन्त्रणमा लिएको थियो । सोधपुछका क्रममा उनको यो बाइक नेपालमा दर्ता नै नभएको खुल्यो ।

त्यसपछि चोरीको आशंकामा थप अनुसन्धान बढायो । त्यसक्रममा मध्यबानेश्वर बस्दै आएका अछामकै २५ वर्षीय प्रमोद कुँवर से ७ प ८५६२ नम्बरको ३५० मोटरसाइकलसहित पक्राउ परे । उनले प्रयोग गरेको यो मोटरसाइकलको वास्तविक नम्बर बागमती प्रदेश ०२–०४७ प १९७५ रहेछ ।

२८ साउनमा रानीबारीबाट हराएको भनेर रुपन्देहीका अनुज पाण्डेले ट्राफिक प्रहरीमा निवेदन दिएका थिए । चोरीको मोटरसाइकल चढेको खुलेपछि प्रहरीले उनलाई थप केरकार गर्‍यो । उनले से ७ प ८५६२ नम्बर भएको अर्को मोटरसाइकल रहेको बताए ।

उनकै सूचनाका आधारमा छाउनीबाट अर्को मोटरसाइकल नियन्त्रणमा लिइएको उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता प्रहरी उपरीक्षक विश्वीराज खड्काले जानकारी दिए ।

सम्बन्धित् समाचार