गृहपृष्ठ Featured शिवमन्दीर सामुदायिक बनको साधारण सभा भब्य रुपमा सम्पन्न

शिवमन्दीर सामुदायिक बनको साधारण सभा भब्य रुपमा सम्पन्न

वैखरी अनलाइन, बाणगंगा ।
कपिलवस्तु जिल्लाको बाणगंगा १ मा रहेको शिवमन्दीर सामुदायिक बन उपभोक्ता समुहको १८ औँ बार्षिक साधारण सभा सम्पन्न भएको छ ।

बाणगंगा १ बुङचीमा रहेको श्रीपेच होटेलमा भएको साधारण सभा एतिहासिक रुपले सम्पन्न भएको हो ।
साधारण सभामा करिव ९ सय बढि उपभोक्ताको सहभागिता रहदा बनको साधारण सभा एतिहासिक रुपले सम्पन्न भएको भन्दै अहिले बनका अध्यक्ष झलक मल्ल र बनका पदाधिकारीको कार्यशैलीको चौतर्फी चर्चापरिचर्चा भइ रहेको छ ।

कार्यक्रममा प्रमुख अथितिको आशनबाट बोल्दै बाणगंगा नगरपालिकाका नगर प्रमुख चक्र अर्यालले शिव मन्दीर सामुदायिक बन आर्थिक हिसावले बलियो नभएतापनि सामाजिक बिकास, बन बिकासमा गरेको काम उल्लेखनीय रहेको बताएका थिए । साथै बनसगं सहकार्य गरेर नगरपालिका काम गर्न समेत उत्सुक रहेको प्रमुख अर्यालले बताए ।

त्यस्तै बन डिभिजन कार्यालय कपिलवस्तुका प्रमुख अजित कर्णले बनलाई सही सदुपयोग गर्न सकेमा बनबाटै मानिसका आवश्यकतालाई परिपुर्ति गर्न सकिने बताए ।
साथै सो अवसरमा बैज्ञानिक बन ब्यवस्थापन समितिका केन्द्रिय अध्यक्ष रेनु सेन, बरिष्ठ युुवा समाजसेवि बिष्णु थापा लगायतले आआफनो धारणा राखेक थिए ।

सभामा बार्षिक आर्थिक प्रतिवेदन बनका सदस्य लोक बहादुर सेन , प्रगति प्रतिवेदन बनकी सचिव सञ्जु कुमारी मल्ल , लेखा प्रतिवेदन लेखा समितिका राम बहादुर पन्थ प्रस्तुत गरेका थिए भने बनका अध्यक्ष झलक मल्लले भावी योजना तथा यस आर्थिक बर्षमा भए गरेका बनका गतिविधि बारे प्रकास पारेका थिए समेत प्रस्तुत गरीएको थियो ।

सम्बन्धित् समाचार