कपिलवस्तु,।
सर्प दंशका बिरामी बढ्न थालेपछि बुद्धभूमि नगरपालिकाले प्रभावित क्षेत्रहरूमा जनचेतनाका कार्यक्रम सुरु गरेको छ ।
पालिकाकाले सर्प दंशको प्राथमिक उपचार र लक्षणसम्बन्धि सामान्य ज्ञानबारे वृहत रुपमा जनचेतनाका कार्यक्रम सुरु गरेको हो ।
गाउँ टोल र बस्ती सम्म सचेतना फैलाउन विद्यालय स्तरबाट सहज हुने भएकाले विद्यालय र टोल टोलमै माइकिङ गरेर सचेतना फैलाइएको कपिलवस्तु सर्प दंश उपचार केन्द्रका व्यवस्थापक नवीन भण्डारीले बताए।
सर्प दंशका बिरामीको उपचारका लागि सर्प दंश उपचार केन्द्र रहेको बताउँदै सर्पले टोकेका बिरामीलाई घरेलु उपचार गराउने र झारफुक गराउने कार्यले पनि कतिपय बिरामीको मृत्यु भएको पाइएकाले सर्पले डसेको आसंखा भए पनि सर्प दंश केन्द्रमै जानुपर्ने बुद्धभूमि नगरपालिकाका नगर प्रमुख केशव कुमार श्रेष्ठले बताए ।
सर्प दंशबाट बच्न व्यक्ति स्वयम सचेत हुन आवश्यक रहेको सुझाउँदै राती सुत्दा, अँध्यारोमा बाहिर निस्किदा वा अन्य विभिन्न कार्य गर्दा सावधानी अपनाउन तथा सर्पले टोकिहालेमा प्राथमिक उपचारको सामान्य ज्ञान हुनु अत्यन्त आवश्यक रहेको नगर प्रमुख श्रेष्ठले बताए ।








