वैखरी अनलाइन, परासी
पश्चिम नवलपरासीको सरावलमा रुख ढलेर चोट लाग्दा एक महिलाको मृत्यु भएको छ ।
सरावल गाउँपालिका–१, सालवासस्थित सृष्टि सामुदायिक वनभित्र रहेको घोलामा माछा मार्ने क्रममा रुख ढलेर घाइते भएकी २७ वर्षकी पार्वती चौधरीको मृत्यु भएको हो ।
सिसौको सुकेको रुख ढलेर गर्दनमा चोट लागि घाइते भएकी चौधरीको उपचारका क्रममा चिसापानी अस्पताल बर्दघाटमा मृत्यु भएको हो । प्रहरीका अनुसार श्रीमान्–श्रीमती सामुदायिक वन भित्रको घोलामा माछा मार्न गएको र अचानक सुकेको सिसौको रुख ढल्दा घटना घटेको हो ।








