स्पेसएक्सको पोलारिस डन क्रु यान पृथ्वीमा फर्केको छ । ड्रागन स्पेसक्राफ्ट आइतबार दिउँसो १ः०६ बजे अमेरिकाको फ्लोरिडाको ड्राई टोर्टुगास कोस्टमा अवतरण गरेको अमेरिकी मिडियाले लेखेका छन् ।
पृथ्वीको वायुमण्डलमा प्रवेश गरेको समय स्पेसक्राफ्टको रफ्तार २७ हजार किलोमिटर प्रतिघण्टा थियो । हावासँग ठोक्किएका कारण घर्षण पैदा भयो र तापक्रम १९ सय डिग्री सेल्सियसम्म पुग्यो । ४ मिटर चौडा ड्रागन स्पेसक्राफ्टको मुनि लगाइएको हिटशिल्डले अन्तरिक्षयात्रीलाई तापक्रमबाट सुरक्षित राख्यो ।
एलन मस्कको कम्पनी फाल्कन–९ रकेडबाट पोलारिस डन मिसनलाई १० सेप्टेम्बरमा लन्च गरिएको थियो । ५ दिनको यो मिसनमा ४ अन्तरिक्ष यात्री थिए । उनीहरू गएको अर्बिट (१४०८ किलोमिटर) ५० वर्षभन्दा लामो समयदेखि कुनै अन्तरिक्ष यात्री गएका थिएनन् ।
कुनै पनि स्पेस मिसनको सबैभन्दा मुस्किल काम पृथ्वीमा फर्किनु हो । सुरक्षित रूपले घर फर्किन क्रु ड्रागन क्याप्सुलले ‘डी–अर्बिट बर्न’ सुरु गरे । करिब २७ हजार किलोमिटर प्रति घण्टाको रफ्तारले स्पेसक्राफ्ट पृथ्वीको वायुमण्डलभित्र प्रवेश गर्यो ।
स्पेसक्राफ्ट जति जति तल आयो, त्यति नै यसको रफ्तार कम हुँदै गयो ।








