गृहपृष्ठ Featured सोमबार कपिलवस्तुका पाँच पालिकाले दिए विदा

सोमबार कपिलवस्तुका पाँच पालिकाले दिए विदा

वैखरी अनलाईन, बाणगंगा ।

कपिलवस्तुका पाँच पालिकाले सोमबार स्थानीय विदा दिएका छन् । यो खबर तयार पर्दासम्म जिल्लाको शुद्धोधन, मायादेवी, यशोधरा गाउँपालिका र कृष्णनगर, महारजगंज नगरपालिकाले आईतबार एक सुचना जारी गर्दै भोलि सोमबार स्थानीय विदा दिएको हो ।

भदौ ३१ गते अर्थात सोमबार ईस्लाम धर्मावलम्बीको विशेष पर्व १२ रवी उल–अव्वल (ईस्लाम धर्मका प्रवर्तक पैगम्बर हजरत मोहम्मदको १४९९ औं जन्मदिन) को अवसरमा विदा दिईएको शुद्धोधन गाउँपालिकाका अध्यक्ष कमलेश शरण चौधरीले वैखरीलाई जानकारी दिए ।

उनले सम्पूर्ण ईस्लाम धर्मावलम्वीहरुलाई शुभकामना दिदैं सोमबा गाउँपालिकाको कार्यालय, मातहतका वडा कार्यालयहरु, स्वास्थ्य संस्थाहरु (अति आवश्यक सेवा बाहेक) तथा शैक्षिक संस्थाहरुलाई स्थानीय विदा दिइएको बताए ।

यस्तै मायादेवी गाउँपालिकाका अध्यक्ष वलिउद्दिन मुसलमान र यशोधरा गाउँपालिकाका अध्यक्ष शिव दयाल तिवारीले ईस्लाम धर्मावलम्बीको विशेष पर्व १२ रवी उल–अव्वलको शुभकामना दिदैं यस पर्वले सबैमा सुख, शान्ति र समृद्धि हासिल हुने विश्वास व्यक्त गरेका छन् ।

सम्बन्धित् समाचार