गृहपृष्ठ कपिलवस्तु बिशेष बाणगंगाले भन्यो- ‘ठेलालाई व्यवस्थित ठाउँमा सञ्चालन गर्नु, नगरे कारवाहीसहित सामान जफत गर्छौ’

बाणगंगाले भन्यो- ‘ठेलालाई व्यवस्थित ठाउँमा सञ्चालन गर्नु, नगरे कारवाहीसहित सामान जफत गर्छौ’

वैखरी अनलाईन, बाणगंगा ।

कपिलवस्तुको बाणगंगा नगरपलिकाले अवैध रुपमा अव्यवस्थित ढङ्गले संचालनमा रहेका ठेलाहरुलाई व्यवस्थित ठाउँमा सञ्चालन गर्न निर्देशन दिएको छ । नगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत राज कुमार तिवारीले एक सुचना जारी गर्दै ठेलाहरुलाई यही असोज ४ गतेसम्म व्यवस्थित ठाउँमा सञ्चालन गर्न निर्देशन दिएका हुन् ।

सूचना अवज्ञा गरी पुनः सञ्चालन गरेमा आवश्यक कारवाहीसहित नगरबाट सामान जफत गरिने उक्त सुचनामार्फत चेतावनी दिईएको छ ।

‘बाणगंगा नगरपलिका अन्तर्गतका विभिन्न सडक क्षेत्रमा दर्ता गराई वा नगराई अवैध स्थान, सडक क्षेत्रमा सञ्चालनमा रहेका विभिन्न व्यवसायिक गतिविधिमा संलग्न फलफूल पसल, चाट, पानीपूरी, चाउमिन, मःम, आदिका ठेलाहरु आगामी असोज ४ गतेसम्म व्यवस्थित ठाउँमा सञ्चालन गर्नुहुन र नगरले सो विषयमा पटक पटक सूचना जारी गर्दा समेत त्यसको अवज्ञा गरी पुनः सडक क्षेत्राधिकार भित्र सञ्चालन गरेको देखिँदा उक्त कार्य नगरीदिनु हुन यसै सूचना मार्फत जानकारी गराईन्छ । यो सूचना अवज्ञा गरी पुनः सञ्चालन गरेमा आवश्यक कारवाही सहित नगरबाट सामान जफत गरिने व्यहोरा जानकारी गराईन्छ ।’ उक्त सुचनामा उल्लेख गरिएको छ ।

यस्तो छ सुचना :

सम्बन्धित् समाचार