गृहपृष्ठ Featured नारायणगढमा मोटरसाइकल पल्टिँदा दुई जनाको निधन

नारायणगढमा मोटरसाइकल पल्टिँदा दुई जनाको निधन

चितवन — भरतपुर महानगरपालिका-२ नारायणगढ लिलाचोक नजिक गएराति मोटरसाइकल दुर्घटना हुँदा दुई जनाको निधन भएको छ ।

 

चितवन जिल्ला प्रहरी कार्यालयका अनुसार शुक्रबार राति १ बजेर २० मिनेट जाँदा लिलाचोक भित्री सडकमा नारायणगढ सहिचोकबाट पोखरा बसपार्क जाँदै गरेको बा प्र प ०६-००२ प ३१४५ नम्बरको मोटरसाइकल आफैं अनियन्त्रित भएर पल्टेको थियो ।

चितवन जिल्ला प्रहरी कार्यालयका प्रवक्ता डीएसपी भेषराज रिजालका अनुसार निधन हुनेमा नवलपुर जिल्ला गैंडाकोट नगरपालिका-५ काँग्रेसचोकका २६ वर्षीय रबिन थापा र लमजुङ दूधपोखरी गाउँपालिका-६ का ४० वर्षीय पुर्णबहादुर गुरूङ रहेका छन् । थापाले मोटरसाइकल चलाएका थिए । गुरूङ पछाडि बसेका थिए । दुर्घटनापछि गम्भीर घाइते भएका दुवैजनालाई उपचारका लागि चितवन मेडिकल कलेजको भरतपुरमा रहेको शिक्षण अस्पतालमा भर्ना गरिएको थियो ।

उपचारका क्रममा गुरूङको राति १ बजेर ५४ मिनेटमा र थापाको २ बजेर दुई मिनेट जाँदा निधन भएको डीएसपी रिजालले बताए । मोटरसाइकल प्रहरीको नियन्त्रणमा रहेको उनले बताए ।

सम्बन्धित् समाचार