वैखरी अनलाइन, लबनी ।
कपिलवस्तु जिल्लाको शुद्धोधन गाउपालिका वडा नः १ का वडाध्यक्षको मृत्यु भएको छ । शुद्धोधन गाउपालिका वडा नः १ का वडाध्यक्ष तिलकराम यादवको मृत्यु भएको हो ।
यादवको भारतको दिल्ली एपोलो अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो । वडाध्यक्षको मृत्युमा गाउपालिका अध्यक्ष कमलेश शरण चौधरीले दुख ब्यक्त गर्दै शुद्धोधन गाउपालिकाले एक होनहार बिकासप्रेमी एक समाजसेवि गुमाएको वैखरीलाई बताए ।
यादव नेपाली कांग्रेसबाट वडा नः १ को वडाध्यक्षमा २०७४ र २०७९ सालमा पनि निर्वाचित वडाध्यक्ष हुन । साथै गाउपालिकाले वडाध्यक्ष यादवको दुखत निधन भएकोमा आज बुघबार पालिकाका शोक बिदा दिएको छ ।
गाउपालिका अध्यक्षद्धारा हस्ताक्षरित शोक बिदा यस्तो छ ।









