गृहपृष्ठ Featured इजरायली आक्रमणमा मारिए थप ७२ लेबनानी

इजरायली आक्रमणमा मारिए थप ७२ लेबनानी

लेबनानमा इजरायलको आक्रमणबाट थप ७२ जना मारिएका छन् ।

लेबनानको स्वास्थ्य मन्त्रालयले सोमबारयता इजरायली आक्रमणमा मारिनेको संख्या ६ सय २० नाघेको बताएको छ । अरु सयौं घाइते छन् । लेबनानका विदेशमन्त्रीले इजरायलको भीषण आक्रमणका कारण करिब ५ लाख मानिस विस्थापित हुन सक्ने जनाएका छन् ।

सीएनएनका अनुसार, इजरायलका सेना प्रमुखले लेबनानमा जमिनी आक्रमण पनि हुन सक्ने बताएका छन् ।

सम्बन्धित् समाचार