काठमाडौं ।
मोहमद सालाहले दोस्रो हाफमा गरेको पेनाल्टी गोलमा लिभरपुलले प्रिमियर लिगमा वल्भ्सलाई २-१ ले पराजित गर्दै शीर्ष स्थानमा उक्लेको छ ।
वल्भसको मैदान मोनिलक्स स्टेडियममा भएको खेलमा इब्राहिम कोनाटेले पहिलो हाफको इन्जुरी टाइममा गोल गर्दै लिभरपुललाई अग्रता दिलाएका थिए ।








