गृहपृष्ठ Featured थाहा पाउनुस् यस्तो रहनेछ आगामी तीन दिनको मौसम

थाहा पाउनुस् यस्तो रहनेछ आगामी तीन दिनको मौसम

मौसम पूर्वानुमान महाशाखाले देशभर मनसुनी वायुको प्रभाव रहेको उल्लेख गर्दै भारतको मध्य प्रदेश र आसपासको क्षेत्रमा रहेको न्यून चापीय प्रणालीको आंशिक प्रभाव रहेको जानकारी दिएको छ । अहिले हाल देशभर आंशिकदेखि साधारणतया बदली रहेको छ ।

आज दिउँसो देशभर बदली रही पहाडी भू-भागका केही तथा बाँकी भू-भागका एक-दुई स्थानमा वर्षा हुन सक्नेछ । त्यस्तै राति कोशी र गण्डकी प्रदेशका केही र बागमती प्रदेशका एक-दुई स्थानमा मेघ गर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षा हुन सक्नेछ ।

आगामी २४ घण्टामा पहाडी भू-भागका केही तथा बाँकी भू-भागका एक-दुई स्थानमा हल्कादेखि मध्यम वर्षा हुन सक्ने भएकाले आवश्यक सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ ।

त्यस्तै मंगलबार बिहान कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भू-भागका केही र बाँकी प्रदेशका पहाडी भू-भागका एक-दुई स्थानमा मेघ गर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ ।

बुधबार कोशी प्रदेशका केही तथा बाँकी बाँकी भू-भागका एक/दुई स्थानमा मेघ गर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षा हुन सक्नेछ । बुधबार राति भने कोशी प्रदेशका एक/दुई स्थानमा भारी वर्षा हुने महाशाखाको पूर्वानुमान छ ।

सम्बन्धित् समाचार