वैखरी अनलाईन, बाणगंगा ।
अबिरल बर्षा संगै आएको बाढीले बगाएर बेपत्ता बाणगंगाका एक पुरुष मृत अवस्थामा फेला परेका छन् । बाणगंगा नगरपालिका वडा नं.४ निवासी ४९ बर्षीय यजकुमार नायक क्षेत्रीको शव मंगलबार विहान मात्र फेला परेको हो ।
क्षेत्री यही असोज १३ गतेदेखि वेपत्ता भएका थिए । पानी माथि खुट्टा तैरिरहेको अवस्थामा स्थानीयले देखिपछि प्रहरीलाई खबर गरेका थिए ।
ईलाका प्रहरी कार्यालय पिपराका प्रमुख लोकेन्द्र जिसीका अनुसार क्षेत्रीको शव बाणगंगा नगरपालिका– ८ बालापुरको नदी क्षेत्रमा फेला परेको हो ।








