गृहपृष्ठ Featured संचालनमा आयो कपिलवस्तु सामुदायिक डायलाइसिस सेन्टर

संचालनमा आयो कपिलवस्तु सामुदायिक डायलाइसिस सेन्टर

कपिलवस्तु ।

मिर्गौला रोगको उपचारका लागि यहाँ सामुदायिक डायलाइसिस सेन्टर संचालनमा आएको छ । रोटरी क्लब अफ सेन्ट्रल बुटवल र रोटरी क्लब अफ सेन्ट्रल कपिलवस्तुको सहयोगमा गौतम बुद्ध सामुदायिक मुटु अस्पतालले पूर्व-पश्चिम राजमार्गस्थित वाणगंगा नगरपालिका-१ बैरियामा डायलाइसिस सेन्टर संचालनमा ल्याएको हो ।

सेन्टरको लुम्बिनी प्रदेश मुख्यमन्त्री चेतनारायण आचार्यले उद्घाटन गरे ।

सेन्टरमा १० वटा डायलाइसिस मेसिन राखिएको छ । दैनिक ६० बिरामीलाई सेवा पुर्‍याउन सक्ने क्षमता रहेको छ ।

५ करोडको लागतमा डायलाइसिस सेन्टर स्थापना गरिएको गौतमबुद्ध सामुदायिक मुटु अस्पतालका अध्यक्ष एजाज आलमले बताए । एकजना बिरामीले हप्ताको दुई/तीन पटकसम्म डायलाइसिस गर्नुपर्ने हुन्छ ।

मिर्गौला डायलाइसिस गर्नुपर्ने बिरामीलाई जिल्लाबाहिर जानु पर्ने अवस्था अन्त्य भएको छ ।

सम्बन्धित् समाचार