गृहपृष्ठ Featured जनज्योति माविमा तालाबन्दी : यस्तो छ तालाबन्दीको कारण

जनज्योति माविमा तालाबन्दी : यस्तो छ तालाबन्दीको कारण

कपिलवस्तुको बाणगंगा नगरपालिका वडा नं.७ स्थित जनज्योति माध्यमिक विद्यालयमा तालाबन्दी गरिएको छ । विद्यालय व्यवस्थापन समितिले नियम विपरीत शिक्षक सरुवामा सहमति गरेको भन्दै विद्यालय प्रशासनमा तालाबन्दी गरिएको हो ।

स्थानीय समाज सेवी शेषकान्त बेल्वासेको संयोजकत्वमा यज्ञ प्रसाद भट्टराई ,शान्ता खनाल ,क्यापटेन नान बहादुर चुदाली,ललित पौडेल, तेज बहादु प्रसाई,लक्ष्मण खड्का,विद्यालयका अभिभावक संघका अध्यक्ष श्रिधर घिमिरे , खगिश्वर न्यौपाने बोम बहादुर कुवरले संयुक्त रुपमा विद्यालय प्रशासनमा तालाबन्दी गरेका हुन ।

स्थानीय समाज सेवी शेषकान्त बेल्वासेका अनुसार शिक्षक आवश्यकता सम्बन्धी कुनै सूचना जारी नगरी विद्यालय व्यवस्थापन समितिका अध्यक्ष नेत्र गिरीले एकलौटी रुपमा विद्यालय व्यवस्थापन समितीका केही व्यक्तिलाई जबर जस्ती हस्ताक्षर गराएको आरोप लगाए । विद्यालयका निमित्त प्राचार्य नारायण घिमिरेले विद्यालय व्यवस्थापन समितीको बैठकको माईनोटमा शिक्षा नियमावली अनुसार नरहेका कारण पनि निमित्त प्राचार्यले कतै पनि हस्ताक्षर नै गरेका छैन्न ।

गिरीले विद्यालयमा बस्ने बैठकको माईनोटमा कहिकतै बैठक बसेको भन्ने प्रमाण नरहे पनि उनले कुन माईनोटमा बैठक बसेको बनाए भन्ने केही अत्तोपत्तो छैन् । त्यति मात्र होईन केही सदस्यलाई झुक्काएर जबरजस्ती हस्ताक्षर गराएरको बिषयमा अध्यक्ष गिरीमाथि विद्यालय व्यवस्थापन समितीका सदस्यहरुले प्रश्न उठाएका छन् । गिरीले विद्यालयको लेटर प्याड, छापको दुरुपयोग गरेर प्राचार्यको अधिकारलाई कुल्चेर प्राचार्यले हस्ताक्षर गर्ने पत्रमा अध्यक्ष गिरीले आफै हस्ताक्षर गरि शिक्षक नियुक्तिमा विद्यालयमा राजनिती गरेको स्थानीयले आरोप लगाउदै विद्यालय व्यवस्थापनको निष्पक्षता माथि प्रश्न उठाएका छन् ।

गिरीले बैठकको निणर्य र बिद्यालयको लेटर प्याडमा २०८१ भदौ १२ गतेको मितिमा माध्यमिक तह तृतीय श्रेणीको नेपाली बिषय शिक्षक बसन्ती घिमिरे शर्मालाई पद पुर्ति गर्नका लागि सरुवा सहमतीका लागि शिक्षा विकास तथा समन्वय इकाई कपिलवस्तु लाई पत्राचार गरे असोज १६ गते शिक्षा तथा मानव स्रोत विकास केन्द्रलाई पत्र सिफारिस पश्चात मन्त्रालयको निर्णय र सरुवा सहमति असोज १७ गते शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले २०८१ असोज ६ गते घिमिरेको सरुवाको सन्दर्भमा निर्णय गर्दै शिक्षा विकास तथा समन्वय इकाई कपिलवस्तुलाई सरुवा प्रक्रिया तुरुन्त कार्यान्वयन गर्न निर्देशन दिएको थियो ।
गिरीले शिक्षक सरुवा निर्देशिका २०८१ को नियमावलीको परिच्छेद ३ को सुचना प्रकाशन सम्बन्धी कुनै पनि व्यवस्थालाई नटेकी र परिच्छेद ६ को सरुवा सहमती सम्बन्धी कुनै पनि निययलाई नटेकी हचुवाको भरमा शिक्षक नियुक्ति जस्तो बिषयमा विद्यालय व्यवस्थापन समीतीका अध्यक्ष गिरीले गम्भीर लापरवाही गर्नुले विद्यालयमा समस्या उत्पन्न भएको छ ।


गिरीले जन ज्योति माध्यमिक विद्यालय मोतिपुरमा केही समय अगाडि नेपाली बिषयको माबि तहको शिक्षकको अन्यत्र सरुवा भए पछि सोही बिषयको बिषय शिक्षिका वसन्ती घिमिरे शर्माको सरुवा सहमतिका बिषयमा एक्लौटी आफुखुसी गरेको भन्दै स्थानीय विद्यालय व्यवस्थापन समितीका केही सदस्यले समेत प्रक्रिया गत डंगले शिक्षक नियुक्ति गर्नु पर्ने माग राख्दै शिक्षिका वसन्ती घिमिरेको सरुवा सहमती रद्ध गरि प्रक्रियागत ढंगबाट नगए सम्म बिद्यालयको पठनपाठन सुचारु रहेता पनि अन्य प्रशासनिक काम भने बन्द रहने गरि प्रशासनमा अनिश्चिकालका लागि तालाबन्दी गरेका हुन ।


यस बिषयमा शिक्षा तथा समन्य ईकाइ कपिलवस्तुका प्रमुख थानेश्वर घिमिरेलाई बुझदा शिक्षा नियमावलीमा टेकेर गरेको हुनु पर्छ । माथिको निर्णय आएको हो हामीले विद्यालयको माग अनुसार सिफारीस चाहि गर्दिएका हौ उहाँले बताउनु भयो ।
यता विद्यालय व्यवस्थापन समितीका अध्यक्ष नेत्र ज्योती गिरीले तपाईले यस्तो गर्नु भएको होकी होईन भनेर बुझदा हाम्रो निर्णय भन्दा पहिला नै शिक्षिका माथि सचिव स्तरीय बैठक बाट सिफारीस भएर आउनु भएको हामीले केही गरेका छैनौ भन्ने अध्यक्ष गिरीको जवाफले शिक्षक नियुक्तिमा कतै आर्थिक चलखेल भएकोत छैन भन्ने बिषयमा शंका उत्पन्न भएको छ ।

सम्बन्धित् समाचार