गृहपृष्ठ Featured कपिलवस्तु उद्योग बाणिज्य संघको चियापान : डुबानले क्षति व्यवहोरेका व्यवसायीलाई सहयोग

कपिलवस्तु उद्योग बाणिज्य संघको चियापान : डुबानले क्षति व्यवहोरेका व्यवसायीलाई सहयोग

सागर वि.क., वैखरी अनलाईन ।

कपिलवस्तु उद्योग बाणिज्य संघले चियापान कार्यक्रम सम्पन्न गरेको छ । संघले उक्त कार्यक्रम वडा दशैं, तिहार र छठपर्वको अवसरमा आईतबार संघकै आफ्नै सभाहलमा सम्पन्न गरेको हो ।

उद्योग बाणिज्य महासंघ लुम्बिनी प्रदेश महासंघका प्रदेश सदस्य तथा संघका पूर्वअध्यक्ष देवीप्रसाद पाण्डेले दशैं, तिहार र छठपर्वको शुभकामना दिदैं चाडपर्वहरुमा समेत यस क्षेत्रका व्यवसायीहरुमा उत्साह छाउन नसकेको बताए ।

उनले कोरोनाकाल देखि हालसम्म व्यवसायिक क्षेत्रमा आर्थिक मन्दी छाएको बताए । व्यवसायी निरन्तर चपेटामा परेको भन्दै उनले चिन्ता व्यक्त गरे । यस्तो अवस्थाबाट माथि उकास्न कपिलवस्तु उद्योग बाणिज्य संघले आवश्यक पहल विगत गरिरहेको र आगामी दिनमा पनि गर्दै जाने उनको विश्वास छ ।

संघका अध्यक्ष गणेश बहादुर क्षेत्रीले नेपालीहरुका महान पर्व विजया दशमी, शुभदिपावली र छठपर्वको अवसरमा शुभकामना आदानप्रदानसंगै व्यवसायीका समस्याहरुबारे छलफल गर्न चियापान कार्यक्रम आयोजना गरिएको स्पष्ट पारे । केही दिनअघि देशभर भएको अविरल बर्षाले भएको मानवीय तथा भौतिक क्षतिप्रति उनले दुःख समेत व्यक्त गरे ।

व्यवसायीको सुख दुःखमा सदैव संघले काम गर्दै आएको बताउँदै उनले भने, ‘गत भदौं ४ गतेको अविरल बर्षाले यस क्षेत्रमा भएको डुवानले व्यवसायीहरु मारमा परेका थिए । त्यसैलाई बुझेर संघले केही आर्थिक सहयोग गरेर मलम लगाउने प्रयास गरेको छ ।’

सो कार्यक्रममा संघका पूर्वअध्यक्षहरु डोलकराम घिमिरे, विष्णु प्रसाद न्यौपाने, कपिलस्तु नागरिक समाजका अध्यक्ष अर्जुन पोख्रेल, कपिलवस्तु जेसिजका अध्यक्ष प्रविन पौडेल, कपिलवस्तु व्यापार संघका अध्यक्ष खिमानन्द पौडेल, संघकी पूर्वउपाध्यक्ष ईन्दिरा तिमिल्सिना, सल्लाहकार मोहन न्यौपाने लगायतले दशैं, तिहार र छठपर्वको शुभकामना व्यक्त गर्दै आर्थिक मन्दि खेपिरहेका व्यवसायीहरुलाई राहात उपलब्ध गराउने विषयमा सबै एकजुट हुनुपर्नेमा जोड दिएका थिए । उनीहरुले अब व्यवसायीमैत्री वातावरण सिर्जना गर्नेतर्फ सबैको ध्यान जान आवश्यक रहेको बताएका थिए ।

यसैबीच सो कार्यक्रममा संघले गत भदौं ४ गतेको अविरल बर्षाले भएको डुवानमा क्षति व्यवहोरेका व्यवसायीहरुलाई आर्थिक सहयोग गरेको छ । संघका वरिष्ठ उपाध्यक्ष हुमानाथ पौडेलको संयोजकत्वमा समिति गठन गरि डुवानको मारमा परेका व्यवसायीहरुको पहिचान गरिएको थियो । सोही समितिले अध्ययन अवलोकन गरि आर्थिक सहयोगका लागी सिफारिस गरेको हो ।

संघका महासचिव नवदत्त घिमिरेको संचालनमा सम्पन्न उक्त कार्यक्रममा संघका पदाधिकारी, पूर्वपदाधिकारी, व्यवसायीहरुको सहभागिता रहेको थियो ।

 

सम्बन्धित् समाचार