गृहपृष्ठ Featured आज आश्विन शुक्ल पञ्चमी : स्कन्दमाताको पूजा आराधना गरिँदै

आज आश्विन शुक्ल पञ्चमी : स्कन्दमाताको पूजा आराधना गरिँदै

बडादसैँको छैटौँ दिन भए पनि आज देवी स्कन्धमाताको पूजा आराधना गरिँदै छ । कमलको फूलमा आसन गरेकी, सेतो वर्ण, चार हात भएकी, स्कन्धकुमारकी माता भएकीले उनलाई स्कन्धमाता भनिएको शास्त्रहरूमा उल्लेख छ ।

भगवान् स्कन्धकुमार कार्तिकेयको बालस्वरुपलाई काखमा राखी ममतामयी स्नेह प्रदान गर्ने उनलाई स्कन्धमाताको नामबाट पुकार्ने गरिन्छ ।

स्कन्धमाताका चार हात छन्, जसमा दायाँतर्फको माथिल्लो भुजामा भगवान् स्कन्धलाई काखमा लिएकी छन् भने तल्लो हातमा कमलको फूल र माथिल्लो हातले वरमुद्रा धारण गरेकी छन् । स्कन्धमाताको वाहन सिंह हो ।

ज्ञानशक्ति र कर्मशक्तिको सूचक भगवान् कार्तिकेयको एक नाम स्कन्ध पनि हो । सूर्य मण्डलकी अधिष्ठात्री देवी हुनाले यिनको वर्ण पनि सूर्यकै जस्तै देदिव्यमान हुने धार्मिक विश्वास छ ।्

स्कन्धमाताको प्रतिमा स्थापित गरेर गंगा जल या गोमूत्रले शुद्धीकरण गर्नुपर्छ । चौकोशमा चाँदी, तामा या माटोको घडामा जल भरेर त्यसमा कलश स्थापना गर्नुपर्दछ । सो चौकोसमा श्रीगणेश, वरुण, नवग्रह, षोडश मातृका (१६ देवी), सप्त घृत मातृकाको स्थापना गर्नुपर्छ ।

त्यसपछि व्रत, पूजनको संकल्प लिनुपर्छ । वैदिक एवं सप्तशती मन्त्रद्वारा स्कन्धमातासहित समस्त स्थापित देवताहरूको षोडशोपचार पूजा विधिद्वारा पूजा गर्नुपर्छ ।

स्कंदमाताको पूजा गर्दाः

‘या देवी सर्वभूतेषु माँ स्कंदमाता रूपेण संस्थिता ।
नमस्तस्यै नमस्तस्यै नमस्तस्यै नमो नमः ।।
सिंहासनगता नित्यं पद्माश्रितकरद्वया ।
शुभदास्तु सदा देवी स्कन्धमाता यशस्विनी ।।’

सम्बन्धित् समाचार