गृहपृष्ठ Featured गुल्मीको ‘बिचित्र गुफा’ पर्यटकको आकर्षक गन्तव्य बन्दै

गुल्मीको ‘बिचित्र गुफा’ पर्यटकको आकर्षक गन्तव्य बन्दै

गुल्मी । 

गुल्मीको धुर्कोट गाउँपालिकामा रहेको बिचित्र गुफा यतिबेला आन्तरिक एवं बाह्य पर्यटकका लागि आकर्षकको केन्द्र बन्दै गएको छ । गुल्मी सदरमुकाम तम्घासदेखि पाँच कोष उत्तरमा धुर्कोट गाउँपालिका–५ बस्तुमा रहेको बिचित्र गुफा साँच्चिकै बिचित्रको छ ।

विसं २०४५ मा बारीमा मकै खान गएको ढेँडुबादरलाई लखेट्ने क्रममा स्थानीय जनार्दन भण्डारीले पहिलो पटक उक्त गुफा पत्ता लगाएका थिए । विगत लामो सयमदेखि बिचित्र गुफा हेर्नका लागि आन्तरिक पर्यटकहरुमात्र पुग्ने गर्दथे । पछिल्लो समय बाह्य पर्यटकसमेत यहाँ आउन थालेका छन् । यस पटक हालसम्म फ्रान्स, जर्मनी र बेलायतका नागरिक गुफा हेर्न यहाँ आएका धुर्कोट गाउँपालिकाका अध्यक्ष भुपाल पोख्रेलले बताए ।

एक सय ८५ मिटर लम्बाइ र तीन सय ५० मिटर चौडा भुभागमा गुफा फैलीएको छ । यति लामो भुभागमा फैलीएको बिचित्र गुफाको मुख्य द्वारबाट भित्र पसेपछि थप पाँचवटा द्वारको प्राकृतिक आकार देख्न सकिन्छ ।

 

सम्बन्धित् समाचार