गृहपृष्ठ Featured बुटवलको मुख्य राजमार्ग निर्माणका लागि नयाँ ठेक्का सम्झौता

बुटवलको मुख्य राजमार्ग निर्माणका लागि नयाँ ठेक्का सम्झौता

बुटवल ।

बुटवलको मुख्य राजमार्ग निर्माणका लागि नयाँ ठेक्का सम्झौता भएको छ । विगत ८ वर्षदेखि अलपत्र अवस्थामा रहेको राजमार्ग चौराहादेखि चिडियाखोलासम्मको खण्ड पुन: निर्माण हुन लागेको हो ।

पहिलो पटक डिभिजन सडक कार्यालयले कन्चनजंघा बिरुवा जेभीसँग २०७३ चैत १७ गते ०७६ सम्ममा सडक विस्तार सक्ने ठेक्का सम्झौता गरेको थियो । तर, ८ वर्षसम्म पटक–पटक म्याद थप्दासमेत सडक विस्तार नसकिएपछि गत वैशाखमा ठेक्का रद्द गरिएको थियो ।

बिरुवा जेभी काठमाडौंले ५३ करोड ९७ लाख ९९ हजार ४ सय रुपैयाँमा ठेक्का सम्झौता गरेकोमा ८ वर्षमा जम्मा ५४ प्रतिशतमात्र काम गरेको कार्यालयका सूचना अधिकारी ईन्जिनियर महेश्वर लम्सालले जनाए । उनका अनुसार कन्चनजंघासँग तोडिएको सम्झौता अहिले बावुल दर्शन मालिका जेभी भैरहवाले पाएको छ । उक्त निर्माण कम्पनीसँग ०८२ असोज मसान्तभित्र काम सम्पन्न गर्ने गरी यही असोज १८ गते ठेक्का सम्झौता भएको लम्सालले बताए ।

सम्बन्धित् समाचार