कपिलवस्तु ।
कपिलवस्तुमा भरुवा बन्दुक सहित एक जनालाई पक्राउ परेको प्रहरीले जनाएको छ ।
शिवराज नगरपालिका- ९ बिजगौरीका वीरेन्द्र घर्ती मगरलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कपिलवस्तुले जनाएको छ ।
भरुवा बन्दुक देखाई स्थानीयलाई धम्काउने गरेको सूचनाका आधारमा वडा प्रहरी कार्यालय चन्द्रौटाबाट खटिएको टोलीले शिवगडी मन्दिर जाने बाटोको जङ्गलमा बर्राको रुखको टोड्कामा लुकाई राखेको अवस्थामा भरुवा बन्दुक सहित मगरलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका प्रवक्ता तथा डिएसपी मोहन मणि अधिकारीले जानकारी दिए ।
पक्राउ परेका घर्ती मगरमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।








