वैखरी अनलाईन, बाणगंगा ।
कपिलवस्तुको बाणगंगा नगरपालिका ८ लौगाईमा करेन्ट लागेर एक पुरुषको मृत्यु भएको छ ।
लौगाईस्थित १३२ केभिएको राष्ट्रिय प्रसारण लाइनको टावरमा करेन्ट लागेर जलेको अवस्थामा सोही वडाको बालापुरका रामदेव थारुका छोरा ४० बर्षीय तुलसी थारुको शव फेला परेको हो ।
प्रहरीका अनुसार मृतक थारुले मिस्त्रीको काम गर्दै आएका थिए । शवलाई पिपरा अस्पतालमा पोष्ट मार्टमलाई लगिएको इलाका प्रहरी कार्यालय पिपराले जनाएको छ ।
घटनाबारे थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।








