गृहपृष्ठ Featured लुम्बिनी प्रदेश : स्वास्थ्य मन्त्रालयको १०० दिने उपलब्धि सार्वजनिक

लुम्बिनी प्रदेश : स्वास्थ्य मन्त्रालयको १०० दिने उपलब्धि सार्वजनिक

लुम्बिनी प्रदेश सरकार स्वास्थ्य मन्त्रालयको सय दिनमा सम्पादित मुख्य  मुख्य उपलब्धिहरू सार्वजनिक गरिएको छ। स्वास्थ्यमन्त्री खेम बहादुर सारूले आफू स्वास्थ्यमन्त्री  भएपछि सय दिनमा गरेका कामका बारेमा बिहिवार तानसेनमा पत्रकार सम्मेलन गरी जानकारी दिएका हुन्।

फूले जिम्मेवार पाएपछि ५५ वटा कार्यक्रम अगाडि सारेका थिए। १९ वटा कामलाई प्राथमिकता दिएर काम गरेको उनले बताए। अन्य कार्यक्रम पनि अगाडि बढिरहेको छ।

१२ शय्याको लुम्बिनी प्रादेशिक अस्पतालको  भवन शिलान्यास गर्ने कामलाई पहिलो प्राथमिकताको रुपमा लिएका छन्।  बुटवलमा १२ शय्या रहने अस्पतालको १२ तले भवन आगामी २०८५ साल पुससम्म निर्माण कार्य सम्पन्न गर्नेगरी अहिले काम भइरहेको मन्त्री सारूले बताए।

यस्तै क्यान्सर, मुटुको भल्भ फेर्न र मृगौला प्रत्यारोपण गर्नुपर्ने विरामीले प्राप्त गर्ने सहयोगका लागि प्रदेश राजधानी धाउनु पर्दैन। प्रदेश सरकारले विशेष आर्थिक सुविधाको रूपमा प्रदान गर्ने सुविधाको स्वास्थ्य उपचार विशेष आर्थिक सुविधा निर्देशिका २०७८ लाई परिमार्जन गरी प्रदेश राजधानीमा सिफारिस लिन आउने बाध्यताको अन्त्य गरी जिल्ला स्वास्थ्य कार्यालयमार्फत नै सिफारिस उपलब्ध हुने व्यवस्था मिलाएको उपलब्धिमा उल्लेख छ।

आफू मन्त्री भएपछि महिला बालबालिका तथा किशोरीहरूको स्वास्थ्य तथा पोषण सुधार कार्यक्रम संचालन कार्यविधि २०८१ तयार गरेको जानकारी दिए। यस प्रदेशमा उच्च रहेको महिला, बालबालिका, तथा किशोरीहरूमा कुपोषणको अवस्थाको दीगो विकासको लक्ष्यलाई हासिल गर्नका लागि त्रिवर्षीय योजना बनाएर काम थालेको उनले बताए।

अस्पताल तथा स्वास्थ्य संस्थामा रहेका मेडिकल औजार उपकरणको मर्मत सम्भार र व्यवस्थापनको काम भइरहेको छ।

कुष्ठरोग र हात्तीपाइलेका कारण अपांगता भएका नागरिकहरूप्रतिको भेदभाव अन्त्य गर्न तथा जिविकोपार्जन र आत्मनिर्भरता अभिवृद्धिका लागि स्वयं हेरचाह सम्बन्धि कार्यविधि २०८१ स्वीकृत गरी कार्यान्वयनमा लगिएको भन्दै उनले उपलब्धिका रूपमा लिएका छन्।

प्रदेश अन्तर्गतका सरकारी अस्पताल तथा प्रयोगशालाहरूमा गरिने रक्त परीक्षण, एक्स(रे तथा भिडियो एक्स(रे को सेवा शुल्कमा एकरुपता कायम गर्नका लागि प्रक्रिया अगाडि बढाइएको छ। अस्पताल विकास समिति ९गठन तथा संचालन० नियमावली २०८०, संशोधन २०८१ मन्त्रीपरिषद्को बैठकले पारित गरेको उनले बताए।

सम्बन्धित् समाचार