गृहपृष्ठ कपिलवस्तु बिशेष कपिलवस्तुमा राति १० बजेसम्म मात्रै देउसीभैलो खेल्न पाइने

कपिलवस्तुमा राति १० बजेसम्म मात्रै देउसीभैलो खेल्न पाइने

कपिलवस्तु ।

कपिलवस्तु जिल्लामा राति १० बजेसम्म मात्रै देउसी भैलो खेल्न पाइने भएको छ । जिल्ला प्रशासन कार्यालय कपिलवस्तुले एक सुचना जारी गर्दै राति १० बजेसम्म मात्र देउसी भैलो खेल्न पाउने गरी समय तोकिदिएको हो ।

जिल्ला प्रशासन कार्यालयले परम्परागत रुपमा चलिआएको सँस्कृतिको जगेर्ना गर्दै मर्यादित तथा अनुशासित भएर देउसी भैलो खेल्न भनेको छ ।

कुनै व्यक्ति/संस्था/समूहले कुनै शंकास्पद एवं अवान्छित कृयाकलाप गर्ने/गरेको देखिएमा तत्काल नजिकको प्रहरीलाई खबर गरी सहयोग गर्न समेत प्रशासनले आग्रह गरेको छ ।

 

सम्बन्धित् समाचार