गृहपृष्ठ Featured देउसी-भैलोमा १५१ रुपैयाँभन्दा बढी नदिन अनुरोध

देउसी-भैलोमा १५१ रुपैयाँभन्दा बढी नदिन अनुरोध

पर्वत ।

तिहारको अवसरमा घर वा टोलमा आइपुग्ने देउसी भैलोका टोलीहरूलाई अधिकतम एक सय ५१ रुपैयाँभन्दा बढी नदिन पर्वत उद्योग वाणिज्य सङ्घले अनुरोध गरेको छ।

सङ्घका अध्यक्ष ठाकुर बी. पौडेलले देउसी भैलो समूहले दाताको चाहनामा भन्दा पनि आफ्नो चाहनामा मोटो रकम मागेर हैरान पार्ने गुनासाहरू विगतदेखि नै सुनिँदै आएकाले बजारका उद्योगी व्यवसायिहरुलाई एक सय ५१ भन्दा बढी रुपैयाँ नदिन अनुरोध गरिएको बताए।

देउसी भैलो खेल्न आउनेहरूलाई आफ्नो क्षमता अनुसार दान दक्षिणा दिनुपर्ने र देउसी भैलो खेल्नेहरूले आशीर्वाद दिँदै भट्ट्याउने चलन रहेको भए पनि आजभोलि यो शैली फेरिएकोमा उनले चिन्ता व्यक्त गरे।

सम्बन्धित् समाचार